लेख
4 years ago
जापानको रेलमा अहिलेसम्मकै न्यून भिडभाड

टोकियो ।

जापानको महानगरका तीन प्रमुख क्षेत्रका मुख्य रेल्वे लाइनमा भिडको दर गत आवमा अहिलेसम्मकै न्यून स्तरमा रहेको छ । यातायात मन्त्रालयले शुक्रबार यस्तो बताएको हो । रश आवरमा भिड दर तीन ओटै क्षेत्रमा करीब सय प्रतिशत रहेको छ । यो सन् १९७५ मा यससम्बन्धी तथ्यांक राख्न थालेयताकै न्यून हो ।

यसले कोरोना भाइरसको महामारी फैलिन नदिन अपनाइएको तितर–वितर भएर यात्रा गर्ने नीति र रिमोट वर्कको बढ्दो प्रभावलाई देखाएको छ । शतप्रतिशत भिडको अर्थ सबै यात्रीहरु सिटमा बस्न सक्छन् वा ढोका नजिक रहेका स्ट्राप वा बारमा समातेर उभिन सक्ने अवस्थालाई बुझाउँछ । टोकियो क्षेत्रमा भिड दर १०७ प्रतिशत रहेको छ । यो आर्थिक वर्ष २०१९ को तुलनामा ५७ प्रतिशत कम हो ।

ओसाका क्षेत्रमा पनि यो दर २३ अंकले घटी १०३ प्रतिशतमा आएको छ । नागोया क्षेत्रमा पनि यो दर २८ अंकले घटी १०४ प्रतिशतमा सीमित भएको छ ।

आजको शब्द
विभाग,खण्ड ()