जापानमा अचम्म लाग्दा अनेक सुन्दर चिजहरु छन् । होक्काइदो प्रिफेक्चरको फुरानोमा रहेको लाभेन्डर फिल्डदेखि ओकिनावाको क्रिष्टल क्लियर तट । समकालीन संग्राहलय, पहाडमा रहेको मन्दिर र बसन्त ऋतुमा ढकमक्क फुलेका चेरी फूलहरु । सानो देश भएर पनि जापान मनोरम प्राकृतिक सुन्दरताले भरिएको छ ।
कोरोना भाइरसको महामारीका कारण विदेशीहरुलाई जापान प्रवेशमा प्रतिबन्ध लागेको भएपनि छिटोमा अगष्टको शुरुसम्ममा जापानले सीमा खुलाउँदैछ, यात्रामा लगाएको प्रतिबन्ध हटाउँदैछ । आजको यस लेखमा अर्को पटक जापान आउँदा तपाईले घुम्ने ठाउँको सूचिमा थप्न सक्ने केही स्थानहरुमा केन्द्रीत छ ।
निगाता प्रिफेक्चरको कियोचु गोर्ज घाँटी ज्वालामुखी स्तम्भहरू भएको एक विशाल प्राकृतिक चमत्कार हो । यहाँबाट नदीको निकै मनोरम दृश्य देख्न सकिन्छ । गोरेटो बाटो असुरक्षित देखिन्छ । सन् १९८८ मा यो आम जनताका लागि बन्द गरिएको थियो । एमएडी आर्किटेक्ट टोलीले घाँटीसम्म पुग्नका लागि ७५० मिटर लामो विजुली सुरुङ बनाएका थिए । यस सुरुङको माध्यमबाट आगन्तुकहरुले सुरक्षित रूपमा यसको मनोरम सौन्दर्य हेर्न सक्छन् ।
जापानको उत्कृष्ट स्की रिजोर्टमध्ये एक हो जाओ । यसबाहेक पनि या जाडोयामको परिकथामा सुन्न र पढ्न सकिने सुरम्य दृश्य वा भूतको डरलाग्दो फिल्ममा देखाइने दृश्यहरूको भन्डार पनि हो यो । भिरालो जग्गामा हिँउले ढपक्क छोपिएका लहरै रुखहरु बेला बेलामा हावामा लहरिँदा भिमकाय, हात नभएको हिममानव जस्तै देखिन्छ । जनवरीमा यहाँ छुट्टै पर्व मनाइन्छ, ढकमक्क प्रकाश आतिशबाजीको साथमा ।
वाकायामा प्रिफेक्चरको कि प्रायद्विपमा रहेको छ कुमानो कोडो । यस प्राचिन तिर्थयात्रा ट्रेलका केही हिस्सा युनेस्कोको विश्वसम्पदा सूचिमा समेत परेको छ । ७० किलोमिटर लामो यो रुटले घना, बाक्लो जंगलका साथसाथै विविध प्राचिन मठमन्दीर समेटेको छ । यसको सबैभन्दा लोकप्रिय गन्तव्य तीन तले सिन्दुरे रंगको प्यागोडा कुमानो नाची ताइशा हो । यहाँको अर्को लोकप्रिय ठाउँ चाँहि १३३ मिटर लामो झरना नाची नो टाकी हो । यो जापानको सबैभन्दा अग्लो झरना पनि हो ।
गिफु प्रिफेक्चरको गहिराईमा रहेको छ शिराकावा–गो । यूनेस्कोको विश्वसम्पदा सूचिमा सूचिकृत यो वस्तीले अहिलेपनि प्राचिन जापानको गाँउको झल्को दिन्छ । परम्परागत गास्शो–जुकरी शैलीका झुपडी र गोठहरुले भरिएको यो ठाउँ छ्वालीको तीन कुने छानाको लागि परिचित छ । यहाँका छानाको आकार दुई हात जोडेर प्रार्थना गर्न लागेको हातको जस्तो छ । अहिले अधिकांश झपडी र गोठ संग्राहलय, रेष्टुरेन्ट र होटलमा परिणत भएका छन् । तर पनि आगन्तुकहरुले घर भित्रका विशेष वस्तुकला हेरेर धेरै कुरा थाहा पाउन सक्छन् । घरहरु विशेषगरी जाडो याममा हिउँले ढाँकिदा अदुवाको रोटी घर जस्तै देखिन्छ । सुन्दरता पनि अवर्णनीय हुन्छ । अति सुन्दर देखिन्छ ।
टोकियोबाट फेरी चढेर २४ घन्टामा पुग्न सकिन्छ ओगासावारा टापु । यो स्र्नोकलिङ, हाइकिङको लागि जापानमै उत्कृष्ट ठाउँ मध्ये एक हो । यहाँको मुख्य टापु मध्ये एक चिचिजिमा डल्फिन र ह्वेल हेर्न सबैभन्दा लोकप्रिय ठाउँमा पर्दछ । यो टापु निकै दूर्गममा छ । त्यसैले यहाँ भिडभाडयुक्त शहरबाट मनलाई आराम दिन, एक्लै रहन र उपोष्ण कटिबन्धीय जलवायुको मज्जा लिन सकिन्छ । मिनामिजिमामा टूर गाइडको सहाराले मात्रै पुग्न सकिन्छ । यहाँको चट्टानीय संरचना र सेतो बालुवाको तटसम्म अतिरिक्त दुःख गरेर पुग्नुको बेग्लै रमाइलो छ ।
हिमेजी जापानको सबैभन्दा चर्चित दरबार हो । यसले इमोजीको आधारको रुपमा समेत काम गर्छ । सेतो हेरोन भनेर प्रख्यात यो दरबार विशाल, सेतो संरचना हो । यसले चमत्कारिक रुपमा युद्ध र प्राकृतिक विपद समेत झेलेको छ । यो दरबार १७ औं शताब्दीमा बनेको हो । सन् २०१५ मा यसको पुनः निर्माण गरिएको थियो । तपाई पनि यो दरबारको भ्रमण गर्ने योजनामा हुनु हुन्छ भने कहिले कहिले घुम्न जान मिल्छ भनेर आधिकारिक वेबसाइटमा गएर हेर्न सक्नु हुन्छ ।
३० मिनेट हिडेर हजार ओटा खुड्किला चढेपछि तपाई यामादेरा मन्दिर परिसरमा पुग्न सक्नु हुन्छ । यो पहाडको छेउमा रहेको बुद्धिष्ट हलहरुको संयोजन हो । केही खुड्किला चढेपछि तपाई गोदाइदो हलमा पुग्न सक्नु हुन्छ । यहाँबाट यामागाताको ग्रामिण इलाका देख्न सकिन्छ । गर्मीयाम र शरद ऋतुमा यो मन्दिर निकै सुन्दर देखिन्छ ।
तपाई पनि फुल मन पराउनु हुन्छ भने यो तपाईलाई निकै मनपर्ने स्थान मध्ये एक हुन सक्छ । बसन्त ऋतुमा करीब लाखौंको संख्यामा नेमोफिला फूल फुल्ने यो पार्क फुलको निलो समुद्र झैं देखिन्छ । यहाँ क्यालिफोनिर्या पपिज, गुलाब, ड्याफोडिल फूल पनि फलेको देख्न सकिन्छ । यहाँ हल्याण्ड शैलीको टयूलिप बगैचा पनि छ । यहाँ फूलहरु मात्रै छैन, अम्युजमेन्ट पार्क पनि छ । बालबालिकाका लागि एड्भेञ्चर जोन छ भने ३५० हेक्टर पार्कमा ११ किमि लामो साइक्लिङ बाटो पनि छ । यी सबै कुराहरु सुनेर तपाईको मनमा पनि यहाँ कहिले पुगौं कहिले पुगौं भइसक्यो होला । यहाँको नेमोफिलिया र टयूलिपको बगैचाको तपाईले भर्चुअल यात्रा पनि गर्न सक्नु हुन्छ ।
आरासियामा पयर्टकीय स्थल हो । तर यहाँ बाँसको घारीबाट निस्कने आवाजले जोकोहीको मन बहलाउन सक्छ । भिडभाड टार्न यहाँ एका बिहानै आउनुहोस् । यो ठाउँ २४ सैं घन्टा खुला रहन्छ । यहाँ आएको बेलामा टेन्रुयुजी मन्दिर र नोनो मिया मन्दिर हेर्न नछुटाउनुहोला ।
यो मन्दिर सुनौलो मन्दिरको नामले पनि । यो जेन बुद्धिस्ट मन्दीर हो । यो मन्दिर सुनै सुनले ढाकेको छ । यसले परम्परागत क्योतोको झलक दिन्छ । यो मन्दिर यति राम्रो छ कि सन् १९५० मा एक जवान भिक्षुले यसलाई जलाउने कोशिश नै गरेका थिए । यही घटनामा आधारित रहेर युकियो मिशिमाले एक उपन्यास नै लखेका छन् । यो मन्दिर यति मनोरम छ कि तपाईले यहाँ अनेक सुन्दर तस्विर समेत खिच्न सक्नु हुन्छ । भिडभाड टार्न यहाँ सकेसम्म बिहान चाँडै वा मध्याहन्न अबेर जानुपर्दछ ।